चार प्रदेशमा आज पहिलो प्रदेश सभा बैठक

0
825
देशका चारवटा प्रदेशमा आज पहिलो प्रदेश सभा बैठक बस्दै छ। प्रदेश नम्बर २ को जनकपुरमा, प्रदेश ५ को बुटवलमा, प्रदेश ६ को सुर्खेतमा र प्रदेश ७ को धनगढीमा प्रदेश सभा बैठक बस्न लागेको हो।

प्रदेश सभाका पहिलो बैठकले प्रदेश सभा सञ्चालनको अन्तरिम कार्यविधि पारित गर्ने र सभामुखको चुनाव मिति तोक्ने कार्यसूची छ।

सभामुख नचुनिएसम्म प्रदेश सभाका सबैभन्दा जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने छन्।

प्रदेश ३ को पहिलो बैठक माघ १८ गते हेटौंडामा भएको थियो। प्रदेश १ र ४ को बैठक क्रमशः विराटनगर र पोखरामा सोमबारका लागि बोलाइएको छ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here