चितवन परेवाकोट तथा लान्द्राङमा अन्दाजी ६ विगाहा जग्गामा लगाईएको अवैध लागुऔषध गाँजा खेती प्रहरीले नष्ट गरेको छ।

जि.प्र.का चितवनको आदेशानुसार ई.प्र.का भण्डाराका प्रमुख प्र.नि. रामेश्वर त्वातीको कमाण्डमा खटिएको प्रहरी टोली (जि.प्र.का. चितवन, ई.प्र.का. टांडी, भण्डारा र खैरहनी) ३० जना, सशश्त्रबल गढीमाई गण भण्डाराका स.प्र.ना.नि. को कमाण्डमा खटिएका सशश्त्र प्रहरी टोली २५ जना गरी जम्मा ५५ जनाको संयुक्त प्रहरी समेत भई मिति २०७४०९/२१ गते विहान ११:०० वजे अवैध रुपमा लगाईएको लागुऔषध गाँजा फडानी गरी नष्ट गरेको हो ।
चितवन राप्ती न.पा वडा न.१ स्थित परेवाकोट तथा लान्द्राङ भन्ने स्थानमा अन्दाजी ६ विगाहा जग्गामा लगाईएको अवैध लागुऔषध गाँजा खेती काटेर आगो लगाई नष्ट गरिएको हो।



