चीन र रुस एकै ठाउमा उभिए

0
124

एजेन्सी । चीन नेटोको थप विस्तार विरुद्ध रुससँग उभिएको छ । दुई देशले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै नेटोलाई आफ्नो विस्तार रोक्न आह्वान गरेका हुन् ।

यसैबीच, मस्कोले ताइवानबारे बेइजिङको अडानलाई पूर्ण रूपमा समर्थन गरेको छ । उसले कुनै पनि प्रकारको ताइवानी स्वतन्त्रताको विरोध गरेको बताएको छ ।

मस्को र बेइजिङले शीतकालीन ओलम्पिकका लागि रुसका राष्ट्रपति भ्लादमिर पुटिनको भ्रमणको क्रममा थुप्रै मुद्दाहरूमा सहमति जनाउँदै विज्ञप्ति निकालेका हुन् ।

Facebook Comments

comments