जनसेवी र स्वाभिमान लघुवित्तको आईपिओमा आबेदन गर्नेको ओइरो

0
178

जनसेवी लघुवित्त र स्वाभिमान लघुवित्तको आईपिओमा आबेदन गर्ने लगानीकर्ताहरुको ओइरो लागेको छ । बैशाख २७ गतेदेखि सर्वसाधारणमा बिक्रीमा ल्याएको दुबै लघुवित्तमा माग भन्दा अत्याधिक आबेदन परेको बिक्री प्रबन्धकले जनाएका छन् ।

जनसेवी लघुवित्तको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल र स्वाभिमान लघुवित्तको सिद्धार्थ क्यापिटल रहेको छ ।

दुबै कम्पनीको बिक्री प्रबन्धकका अनुसार मंगलबार साँझसम्ममा जनसेवीमा १४.२३ गुणा र स्वाभिमानान ३२.६६ गुणा बढी आबेदन परेको हो ।

जनसेवीको आईपिओमा ६१ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन परेको छ । ३ लाख ३६ हजार ८५१ बढी आवेदकबाट सो माग भएको हो । स्वाभिमानको आईपिओमा ६० लाख ६१ हजार ७७० कित्ताको आवेदन परेको छ । ३ लाख २७ हजार ४४७ आवेदकबाट सो माग भएको हो ।

जनसेवीले जारी पूँजीको ३२.१० प्रतिशत अर्थात १४ करोड ४३ लाख ३० हजार रुपैयाँको ३२.१० प्रतिशत अर्थात प्रतिशेयर एक सय रुपैयाँका दरमा चार करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको चार लाख ६३ हजार ३०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । जसमध्ये सामुहिक लगानीकोषहरुका र कर्मचारीका लागि छुट्टाएर बाँकी ४ लाख ३२ हजार ९९० कित्ता शेयरमा सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

आईपिओ जारी पश्चात लघुवित्तको चुक्ता पूँजी १४ करोड ४३ लाख ३० हजार पुग्नेछ ।

यसैगरि स्वाभिमान लघुवित्तले जारी पूँजीको ३२.११ प्रतिशत बराबरको एक लाख ९८ हजार ६१० कित्ता शेयर निष्काशन गरेको हो । कूल निष्काशित सर्वसाधारण शेयरमध्ये कर्मचारीलाई र सामुहिक लगानी कोषहरुका लागि छुट्टाएर बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणको लागि बिक्रीमा ल्याएको हो ।

रुपन्देहीको तिलोत्तमा, ५ मा केन्द्रीय कार्यालय रहेको स्वाभिमानको हाल ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने आईपिओ निष्काशन पश्चात ६ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here