ज्वालामुखी विष्फाेटकाे संकेतले बालीमा विमानस्थल बन्द, लाखाैँ पर्यटक अन्याैलमा

0
483

माउण्ट आगुङमा ज्वालामुखी फुट्ने पूर्व सङ्केत देखेपछि इन्डोनेसियाको पर्यटकीय सहर बालीकाे विमानस्थल बन्द गरिएको छ।

यस स्थानमा रेड एलर्ट जारी गरी सबैलाई सुरक्षित स्थानतर्फ लगिने कार्य जारी छ। ज्वालामुखी फुट्नु अघि धेरैमात्रामा बाक्लो खरानी तथा ग्यास निस्किएपछि शनिबारदेखि धेरैवटा हवाई उडान पनि रद्द गरिएकाे छ।

विगत २४ घण्टादेखि बालीको मुल हवाई अड्डा नुग्र राय इण्टरनेशनल एयरपोर्टमा हवाइउडान रद्द हुँदा ५९ हजार घरेलु तथा अन्तर्राष्ट्रिय हवाइयात्रीहरू प्रभावित बनेका छन्।

नेशनल एजेन्सी फर डिजास्टर मेनेजमेण्टले चौंथो स्तरको एलर्ट जारी गर्दै एउटा निकै ठूलो ज्वालामुखी विस्फोट हुनसक्ने आशङ्का जनाउँदै उक्त टापुदेखि ८-१० किमीको परिधिमा सर्वसाधारणलाई जान रोक लगाएको छ।

यसरी ८-१० किमी वरिपरिका व्यक्तिहरूलाई त्यो स्थान तत्काल खाली गर्न पनि निर्देश दिइसकेको छ। आइतबारदेखि नै इन्डोनेसियाको सेण्टर फर भोल्क्यानोलजी एण्ड जियोलोजिकल हजार्ड मिटिगेसनले रेड एलर्ट जारी गर्दै यो स्थानलाई घातक हो भन्ने नोटिस जारी गरेको थियो।

सोमबार दिउँसोसम्म यस स्थानबाट ४० हजार स्थानीय जणगणलाई अन्तै सारिसकिएको रिपोर्ट छ । बालीको यो ज्वालामुखी विस्फोटनले लाखौँ आन्तरिक तथा बाह्य पर्यटकहरूलाई अनुकूल असर पुगेको छ। बाली पर्यटकहरूको रोजाईमा पर्ने भएकाले गर्दा हजारौंका संख्यामा दिनहूँ पर्यटकको घुइँचो त्यहाँ लाग्ने गरेको छ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here