भक्तपुरको सूर्यविनायकमा टिपरको ठक्करबाट २४ वर्षीय एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक युवा गम्भीर घाइते भएका छन्। सूर्यविनायक नगरपालिका-८ आदर्श चोकमा गएराति टिपरको ठक्करबाट धनकुटा घर भइ ललितपुरको कुसुन्ती बस्दै आएका २४ वर्षीय असिम लिम्बुको ज्यान गएको हो।
लिम्बु सवार बा ५७ प ३११३ नम्बरको स्कुटरलाई बा ३ ख ५४२३ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटरको पछाडि सबार ललितपुर पाटनका २६ वर्षीय सन्दीप महर्जन गम्भीर घाइते भएका छन्। दुर्घटनापछि टिपर र त्यसका चालकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ।