डा. शेखरले नवराज सिलवाललाई भने, ‘सिलवालजी ठूलो गल्ति भयो’

0
342

काठमाडौं । जतिबेला उनले ललितपुर १ बाट चुनाव जितिसकेका थिएनन्, मतगणना बाँकी नै थियो । तर, बाँकी भोट सबै उदयशमशेरले पाए पनि उनको जितलाई रोक्ने अवस्था थिएन । यस्तै बेला उनको मोबाइलमा एउटा फोन बज्यो । गणनामा भएका कारण उठाउन पाएनन् । म्यासेज आयो, ‘ डा. शेखर कोइरालाले नवराजसँग कुरा गर्न चाहेका रहेछन् । यसपटक नवराज हत्तपत्त बाहिर निस्किए, फोन गरे । पुलिसको बानी न हो, शेखरले फोन उठाउनासाथ नवराजले ‘सर, जय नेपाल’ दन्काइहाले । शेखरले भने, ‘सिलवालजी ठूलो गल्ती भयो । मलाई तपाईसँग भेटेरै कुरा गर्न मन थियो । तर, अहिले विराटनगरमै छु । तपाईलाई नचलाएको भए आज कांग्रेसका लागि यस्तो दिन नआउने रहेछ । मैले सभापतिजीलाई पनि भने । तपाईले जित्न लाग्नु भएको सुनेर खुसी लाग्यो । बधाई छ ।’

जनआस्था साप्ताहिकबाट

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here