डीपीएल क्रिकेट : महेन्द्रनगर र काठमाडौंले बाँडे एक/एक अंक

0
491

धनगढी, चैत २५ । वर्षाका कारण रुस्लान धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल रद्द भएको छ । आइतबार बिहानै परेको पानीले मैदानमा खेल खेलाउन खेल्न उपयुक्त नभएको बताएपछि एक बल पनि नफाली खेल रद्द हुन पुगेको हो ।

दुवै टोलीले एक/एक अंक पाएका छन् । यस नतिजाले महेन्द्रनगर युनाइटेडको ६ अंक भएको छ भने गोल्डेन्सको ९ अंक भएको छ ।

युनाइटेडले शनिबार पनि सीवाईससीसँगको खेल रद्द भएपछि अंक बाँडेको थियो । युनाइटेड प्ले अफमा पुगिसकेको छ भने ४ खेलमा जित हात पार्दै शुक्रबार नै गोल्डेन्स क्वालिफायरमा प्रवेश गरिसकेको थियो ।

राउन्ड रोबिनको अन्तिम खेल आज दिउँसो सीवाईसी अत्तरिया र विराटनगर किंग्सबीच हुनेछ । प्ले अफमा पुग्न दुवै टिमलाई जित आवश्यक छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here