डीभी भिसा बन्द गर्ने ट्रम्पको घोषणा, नेपालमा के असर पर्ला ?

0
434

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक ‘स्टेट अफ द युनियन’ लाई सम्बोधन गर्दै गरेको घोषणाले नेपालीलाई पनि असर गर्ने भएको छ ।

सम्बोधनका क्रममा ट्रम्पले रोजगार, अर्थव्यवस्था, आप्रवासी , आतङ्कवाद र राष्ट्रिय  सुरक्षाको मुद्दामा आफ्नो कुरा राखेका थिए । यसैबीच ट्रम्पले आप्रवासी र डीभी लोटरी भिसाबारे पनि उक्त कार्यक्रमको भाषणमा केही प्रमुख निर्णयहरु सुनाएका थिए ।

जसको असर नेपालमा पनि पर्ने देखिएको छ । आप्रवासी सम्बन्धी योजनालाई उनले चार भागमा विभाजित गरि आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

पहिलो चरणमा उनले १८ लाख आप्रवासीलाई नागरिकता प्रदान गरिने बताए । त्यस्तै दोस्रोमा सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई अझ कडा बनाइने, तेस्रोमा ग्रीन कार्ड लोटरी भिसाको सुविधालाई अन्त्य गराउने जानकारी गराए । र चौथोमा चेन माइग्रेसन अन्र्तगत एकजना बराबर ल्याउन पाइने परिवारको सदस्यको सङ्ख्यालाई न्युन गराउने योजना उनले सार्वजानिक गराएका छन् ।

ट्रम्पको तेस्रो योजनाले नेपालीलाई पनि प्रत्यक्ष असर पर्ने भएको छ । डीभी भिसा अन्तर्गत नेपालबाट पनि वर्षमा ४ हजार नेपाली अमेरिका पुग्ने गरेका छन् । ट्रम्पको घोषणा कार्यान्वयनमा आएपछि यो सबै बाटो बन्द हुनेछ ।

अमेरिकाले हरेकवर्ष ५० हजार विदेशीलाई डीभी भिसामार्फत लैजाने गरेको छ । यीमध्ये नेपालबाट मात्रै करिब ४ हजार जाने गरेका छन् ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here