डोल्पामा ९ घर जले, १४ घण्टापछि नियन्त्रणमा

0
416

२७ पुस, काठमाडाैं । डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा बुधबार साँझ भएको भीषण आगलागी १४ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभए पनि ९ घर जलेर नष्ट भएका छन् ।

‘आगोले ९ घर जले पनि कुनै मानवीय क्षति नभएको जानकारी हामीलाई प्राप्त भएको छ’, सहायक प्रजिअ केसीले भने, ‘केही पशु चौपाया मरेको जानकारी आए पनि घटनास्थल सदरमुकामबाट २ दिनको पैदल यात्रापछि मात्रै पुग्न सकिने भएकाले विस्तृत विवरण आइसकेको छैन ।’

आगलागी भएको स्थानमा पानी नभएकाले नियन्त्रणमा लिन लामो समय लागेको बताइएको छ । नियन्त्रणमा प्रहरी र स्थानीय खटिएका थिए । मौसमी कारणले आगलागी भएको अनुमान गरिए पनि प्रष्ट खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here