तरकारीवाली अभिनित चलचित्र ‘लम्फू’ वैशाखमा रिलिज हुने

तरकारीवालीका रूपमा भाइरल बनेकी कुसुम श्रेष्ठको डेब्यु

0
705

काठमाडौं–तरकारीवालीका रूपमा भाइरल बनेकी गोरखाकी कुसुम श्रेष्ठको डेब्यु अभिनय रहेको फिल्म ‘लम्फू’ नयाँ वर्षको छेको पारेर आगामी वर्षको वैशाख २८ गते रिलिज हुने भएको छ । गोपालचन्द्र लामिछाने निर्देशित फिल्मको छायांकनको लागि नै लामो समय लागेपछि यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको छ । फिल्ममार्फत अभिनयमा डेब्यु गरेकी कुसुमले फिल्मबाट प्राप्त पारिश्रमिक केही समयअघि सामाजिक काममा लगाइसकेको घोषणा गरेकी थिइन् ।
फिल्ममा कुसुमसँगै कबिर खड्का, सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराईको पनि अभिनय छ । ओस्कार इन्टरनेशनल कलेजबाट अभिनयमा स्नातक गरेका कबिरले पनि यसै फिल्ममार्फत फिल्मी अभिनयमा डेब्यु गरेका हुन् ।

निर्देशक लामिछानेका अनुसार फिल्मले एक युवाको जीवनमा आइपर्ने अकल्पनीय घटनाहरूलाई प्रस्तुत गरेको छ । ‘फिल्ममा प्रेमकथा गौण छ । यो फिल्म समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुवै बनाउँछ भन्ने कथामा बनेको छ,’ उनले भने । पपुलर मल्टिमिडियाको व्यानरमा बनेको फिल्ममा शक्तिबल्दब घोरासैनीको लगानी छ । निर्देशक लामिछानेले यसअघि ‘बोक्सी’, ‘द मिरर’, ‘किन लाग्छ माया’ र ‘ओ माइ म्यान’ निर्देशन गरिसकेका छन् । फिल्ममा भूपतिको लेखन, हरि सिलवालको सम्पादन, अर्जुन पोखरेलको संगीत र दीपक बज्राचार्यको छायांकन छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here