तिब्बतको १३ सयवर्ष पुरानो प्राचीन बौद्ध मन्दिरमा भीषण आगलागी

0
415

काठमाडौं । तिब्बतस्थित बौद्ध धर्मावलम्बीहरुको सबैभन्दा पवित्र मन्दिर मध्येको एक मानिने जोखांग मन्दिरमा भीषण आगलागी भएको छ । यूनेस्कोले विश्वसम्पदामा सूचीकृत गरेको राजधानी लहासामा रहेको १३ सय वर्ष पूरानो मन्दिरमा भीषण आगलागी भएको हो ।

चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाले आगलागीबाट कुनै प्रकारको हताहती भएको सूचना प्राप्त नभएको जनाएको छ । यद्यपि आगलागीबाट मन्दिरमा भएको क्षतिका बारेमा पनि केही खुलाइएको छैन् ।

चीनको सरकारी अखबार चाइना डेलीले विस्तृत जानकारी उल्लेख नगरेरै दमकलकर्मीले आगोलाई नियन्त्रणमा लिएर र सम्पूर्ण धार्मिक प्रतीकहरु सुरक्षित रहेको खबर प्रकाशित गरेको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here