त्रिविको ४७ औँ दीक्षान्त समारोहमा भक्तपुरका दुई विद्यार्थी सम्मानित हुने

0
71

भक्तपुर । त्रिविको २०७८ सालको ४७ औँ दीक्षान्त समारोहमा भक्तपुरका दुई विद्यार्थी सम्मानित हुने भएका छन् । यही पुस ५ गते सोमबार हुन गईरहेको दीक्षान्त समारोहमा दुई छुट्टा छुट्टै बिषयमा सर्वप्रथम अंक प्राप्त गरी नेपाल टप गर्न सफल भएका ख्वप कलेज अफ इन्जिनियरिङका छात्र रमन श्रेष्ठ र बागिश्वरी कलेजको बिबिएस संकायका छात्रा बबिता ग्वाछा सम्मानित हुने भएका हुन् ।

बागिश्वरी कलेजका छात्रा बबिता ग्वाछाले बिबिएस परिक्षामा ७५.८५ प्रतिशत अर्थात् बिशिष्ट श्रेणी हासिल गरेर नेपाल टप गर्न सफल भएकी हुन् । यसै सफलताको लागि उनलाई समारोहमा ने.बै.लि. छत्र बहादुर पदकबाट सम्मानित हुनेछिन् ।

त्यस्तै ख्वप कलेज अफ इन्जिनियरिङका छात्र रमन श्रेष्ठ सिभिल इन्जिनियरिङ बिषयमा सर्वप्रथम भएका छन् । रमनले उक्त परिक्षामा ८६.८७ प्रतिशत अर्थात् बिशिष्ट श्रेणी हासिल गरेर दीक्षान्त समारोहमा शिवराज पन्त स्मृति पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

सदिक्षा न्हेम्हाफुकी , प्रशिक्षार्थी पत्रकार

Facebook Comments

comments