
भ्रष्टाचारको आरोपमा कारागारमा रहेकी दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क ग्युँ-हेलाई आममाफी दिइएको छ ।
महाभियोग लगाएर पटबाट हटाएपछि २२ वर्षको जेल सजाय पाएकी पार्कलाई राष्ट्रपति मुन जे इनले आममाफी दिएका हुन् । खराब स्वास्थ्यको कारण देखाउँदै आममाफी पाएकी पार्कमाथि लगाइएका १८ वटा मध्ये १६ वटा आरोपमा दोषी पाइएको थियो ।
यसैगरि राष्ट्रपति मुनले भ्रष्टाचारको आरोपमा कारावासमा सजाय भोगीरहेकी दक्षिण कोरियाकी पहिलो प्रधानमन्त्री हान म्योङ सुकलाई समेत माफी दिएका हुन् ।