दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु

0
290

दार्चुलाको सदरमुकाम खलंगाबाट दुहु गाउँपालिका हिकिला गईरहेको जीप महाकाली नदीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । हिजो बेलुकी करिब ८ बजेतिर दुहु गाउँपालिका ३ राताकाठाभिरमा म १ ज २८० नम्बरको जीप सडकबाट झण्डै तीन सय मिटर तल महाकाली नदीमा खसेको प्रहरीले जनाएको छ । घट्ना स्थलमा ७ जना महिला, तीन जना पुरुष र एक जना नाबालकको शव फेला पारेपनि सनाखत नभएको दार्चुलाका निमित्त प्रहरी प्रमुख रविन्द्र कठायतले जानकारी दिनुभयो ।

मृतक सबैको शव संकलन गरी पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल दार्चुलामा राखिएको प्रहरीले जनाएको छ । घटना स्थलबाट गाडी चालक दिपकसिह धामीको घाइते अवस्थामा उद्दार गरिएको थियो । गम्भिर घाईते सवारी चालक धामीलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला बाहिर रिफर गरिएको थियो ।

दुर्घटनामा मृत्यु भएकामा दार्चुला दुहु गाउँपालिका २ हिकिला बस्ने ४१ वर्षिय कल्यानसिह बडाल उनकी छोरी १५ वर्षिय निर्मला, सोही वडाका ३५ वर्षिय परुली धामी छन् । सोही गाउँपालिका १ का २४ वर्षिय धनबहादुर बम, ४५ वर्षिय गोमती बम, ७१ वर्षिय धाना बंम र ५३ वर्षिय मानमती भट्टको पनि सनाखत भएको छ । यस्तै वडा नम्बर ४ का ५५ वर्षिय अम्मरा बम र वर्ष सात कि आयुसा बम, बैतडी जिल्ला दोगडाकेदार गाउँपलिका ६ सित्तडका ६० वर्षिय प्रताप चन्द र करिब २१ वर्षिय स्नेहा बम रहेका छन् ।

२०७४ बैशाखमा जिल्ला यातायात समितिको बैठकले दार्चुला–तिंकर सडकको राताकाठा भिरमा यातायात संचालनका लागि अनुमति दिएको थिएन् । २०६५ सालबाट निर्माणाधिन तिंकर सडकको राताकाठा क्षेत्रमा सदरमुकाम खलंगाबाट ५/६ किलोमिटरको दुरीमा पर्छ । अहिले सो क्षेत्रमा सडक सुधारको काम चलिरहेको छ ।

 

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here