बलिउड महानायक अमिताभ वचनको मुहारसँग दुरुस्तै  देखिने एकजना शरणार्थी फेला परेका छन्।  शाबुज नाम गरेका ६८ वर्षीय उक्त अफगानी शरणार्थी यतिबेला  पाकिस्तानमा बसोबास गर्दै आइरहेका छन्।

चस्मा लागाएर हलुका दाह्री पालेका शाबुजको तस्वीर अभिनेता अमिताभसँग मेल खाएपछि उनी यतिबेला चर्चामा छाएका छन्।

केही चर्चित भारतीय मिडियाहरूले पनि अमिताभसँग उक्त शरणार्थी को फोटो मिलेको भनी समाचार प्रसारण गरेपछि उनी भाइरल बनेका थिए।

जनवरी २७ सन् २०१७ मा फोटोग्राफर स्टेभ म्याककरीले उक्त शरणार्थीको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका थिए। फोटोग्राफर म्याककरीले जनाएअनुसार धेरैजना अफगानीहरूले आफ्नो नाममात्र बताउने गर्छन्। यसकारण पनि ती शरणार्थीबारे पूर्ण विवरण थाहा पाउन सकिएको छैन।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here