दुर्घटनाग्रस्त जहाजमा ३४ जनाको मृत्यु, प्रधानमन्त्री के पी ओली एयरपोर्ट पुगे !

0
546

२८ फागुन, काठमाडौं । विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो । अहिले उद्दार कार्य जारी छ ।

उद्दार प्रयासबारे जानकारी लिन प्रधानमन्त्री ओली पनि पुगेका हुन् । युएस बंगलाको जहाज दुर्घटनामा परी ३४ यात्रुको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार दुर्घटनाग्रस्त जहाजबाट २५ जनाको शव निकालिएको छ। सिनामंगलस्थित केएमसी अस्पतालमा ल्याइएकामध्ये ८ जनाको ज्यान गएको छ भने त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको पुष्टि भएको नेउपानले जानकारी दिए।

विमानमा चालक दलका सदस्यसहित ७१ यात्रु थिए। तीमध्ये ३३ जना नेपाली थिए। यात्रुमध्ये धेरै ब‌गलादेशमा एमबिबिएस पढ्न गएका विद्यार्थी थिए। मृत्यु भएकामध्ये कति नेपाली थिए भन्ने पुष्टि भएको छैन। ब‌ंगलादेशको ढाकाबाट काठमाडौं आएको सो जहाज दिउँसो २ बजेर १८ मिनेट जाँदा अवतरण क्रममा दुर्घटनामा परी आगलागी भएको थियो।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here