देउवाले राजीनामा दिँदा फरक पर्दैन : शेखर कोइराला

0
432

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिँदा फरक नपर्ने बताएका छन्। विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुराको जानकारी दिएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानतः राजीनामा नगर्नुपर्ने देखिएको तर, नेपाल प्रजातान्त्रिक मुलुक भएकाले राजीनामा दिँदा फरक नपर्ने उनले बताए। संविधान आफैँमा पूर्ण नहुने गरेको उल्लेख गर्दै नेता कोइरालाले भने, ‘निर्वाचन सम्पन्न भइसक्दा पनि सरकार गठनमा ढिलाइ हुनेखालको यसरी संविधान बनाउनुहुँदैन थियो।’

यसका साथै उनले, कांग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न जनादेश दिएको बताएका छन्। उनले वाम गठबन्धनलाई सरकार बनाउन जनादेश प्राप्त भएको र कांग्रेसले पाँच वर्ष संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गर्दै देशव्यापीरूपमा संगठन बलियो बनाउनुपर्नेमा जोड दिए।

संविधानतः लोकतान्त्रिक पद्धतिको मूल्य मान्यताको आधारमा अगाडि बढे कांग्रेसले सहयोग गर्ने उनले बचनबद्धता प्रकट गरे।

युवाका लागि शीर्ष पदहरू छोड्नुपर्ने पत्रकारको जिज्ञासामा उनले भने, युवा जत्तिकै जाँगर आफूमा रहेको, देशव्यापी दौडाहा व्यापकरूपमा गरिरहेको र कांग्रेसलाई ‘युवाहरूको जोश तथा पाकाहरूको होस्’ आवश्यक छ।’

उनले नेपालको विदेश नीति दुवै छिमेकी मुलुकका साथै अन्य युरोपेली मुलुकसँग पनि समतुल्य सम्बन्धका साथ अगाडि बढ्नुपर्ने नत्र मुलुक अप्ठेरोमा पर्न सक्ने बताए। पार्टीको केन्द्रीय समितिको बैठकपछि केही विधानमा संशोधन गरी महाधिवेशनमा जानुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here