देशभरको जग्गा नाप्ने तयारीमा सरकार

0
246

काठमाडौं । भूमी व्यवस्थापन तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले देशभरका जग्गा पुनः नापी गर्न लागिएको बताएकी छन् ।

 

उनले आज साँखु मालपोत कार्यालयमा आधुनिक सुविधायुक्त मालपोत कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै देशभरका जग्गा पुनः नापी गर्ने बताएकी हुन् ।

 

नेपाल अहिले पनि जग्गाको एकिन तथ्यांक नभएको भन्दै जग्गाको एकिन तथ्यांक निकाल्न पुनः नापी गर्न लागिएको उनले बताइन् ।

 

‘अहिले हामीसँग जग्गाको तथ्यांक जति छ, त्यो सबै अनुमानित हो, त्यसैले जग्गाको एकिन तथ्यांकका लागि हामी देशभर नापी गर्ने छौँ,’ मन्त्री अर्यालले भनिन् ।

 

 

यस्तै मालपोत कार्यालयहरु डिजिटलाइज भएसँगै २५ वटा कार्यालयमा भू–सेवा केन्द्र स्थापना गरिएको उनले जानकारी दिइन् ।उनले चाँडै नै भूमी जानकारीका लागि भूमी सूचना केन्द्रको समेत स्थापना गरिने बताइन् ।

 

हाल बेलका नगरपालीका र भरतपुर नगरपालीकामा भूमी सूचना केन्द्रको स्थापना गर्ने कार्य सुरु गरिएको उनले जनाकारी दिइन् ।

 

भूमीको एकिन जानकारी नभएको भन्दै अब आउँदो समयमा सहजै भूमी जानकारी उपलब्ध गराउने गरी ‘भूमी सूचना केन्द्र’ निर्माण गर्न लागिएको हो ।

हालसम्म भूमी मन्त्रालयले ६२ मालपोत कार्यालयका कागजातहरु डिजिटलाइजका लागि स्क्यानिङ गरेको छ । झण्डै २ करोड ८० लाख रुपैयाँ लगानीमा यो काम भएको मन्त्री अर्यालले बताइन् ।

 

उनले जनताले कुनै पनि जानकारी लिन मालपोत धाउनु नपर्ने र घरमै बसेर आफ्नो जग्गाको अवस्था थाहा पाउने गरी डिजिटलाइजेसन गरिएको बताइन्।

 

‘हामीले दिनभरी लाग्ने कामलाई १ घण्टामा हुनेगरी यो सिस्टम लागू गरेका छौँ, अब जनताले आफ्नो जग्गाको बारेमा जान्नका लागि मालपोत धाइराख्नु पर्दैन,’ मन्त्री अर्यालले भनिन् ।

 

यस्तै भूमी मन्त्रालयले अब आउँदो समयमा सबै मालपोत कार्यालयमा सीसी क्यामरा जडान गर्ने भएको छ । यसरी प्रत्येक मालपोत कार्यालयमा जडित सीसी क्यामेराले मालपोत कार्यालयमा हुने हरेक क्रियाकलाप मन्त्रालयको कक्षबाटै निरीक्षण गर्न मिल्ने उनले बताइन् ।

 

यस्तै मोहियानी नरहने व्यवस्थाका लागि समेत सरकार जुटेको उनले बताइन् । भूमी सम्बन्धी हुन लागेको ८ औँ संशोधनमा मोहियानी नरहने गरी व्यवस्था मिलाइने छ ।मन्त्रालयले अब नयाँ बन्ने मालपोत कार्यालयहरु समेत अपाङ्ग मैत्री निर्माण गर्ने निर्णय गरेको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here