धनगढीमा बम भेटियो, सेनाको टोलीद्वारा निष्कृय

0
454

धनगढी । जिल्ला शिक्षा कार्यालय कैलाली नजिकै स्थानीय नरेन्द्र अवस्थीको घर अगाडि राखिएको बमलाई सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको छ । बिहीबार विहान करिब ६ बजेतिर उक्त बम देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी बम भएको स्थानमा पुगेर सुरक्षा दिएपछि प्रहरीले बोराडाडीस्थित सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो ।

बम कसले के उद्देश्यले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

एकाविहानै उक्त बम देखेपछि स्थानीयहरु त्रसित भएका छन् । निर्वाचनका बेला प्रहरी सकृयता व्यापक रहेपनि निर्वाचनपछि भने प्रहरी सुस्त देखिएको छ । दिनहुँजसो सानातिना चोरीका घटनाहरु बढेका छन् । अहिले बम नै फेला परेपछि स्थानीयबासी त्रसित छन् ।

 

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here