धादिङमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, ४१ घाइते

0
246

धादिङको जोगिमारामा आज बिहान भएको दुर्घटनामा ४१ जना यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाका अनुसार टीकापुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख ४४२० न को बस र विपरित दिशातर्फ जाँदै गरेको ना ४ ख १६७४ न को ट्रक एक आपसमा सडकमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टरमा पठाइएको छ भने बाँकीको राजमार्ग सामुदायिक अस्पताल मलेखु र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ।

दुर्घटनापछि राजमार्ग केहीबेर अवरुद्ध भएको थियो। अहिले एकातर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ। रासस

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here