धितोपत्र बोर्ड र तिलक कोइराला बिच सहमती, आमरण अनसन आज तोडियो

0
20

लगानीकर्ता तिलक कोइरालाले १९ बुदे माग अघि सारी गरेको आमरण अनसनमा अन्तत: तोडिएको छ। आज नेपाल धितोपत्र बोर्ड र कोइराला बिच सहमती भएपछि माग अघि सारी आन्दोलनरत लगानीकर्ता समुहको दबाब र तिलक कोइरालाको आमरण अनसन सकारात्मक टुङ्गोमा पुग्न सफल भएको छ।

आज नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सहमती बारे जानकारी गराउनु भएको छ। यससँगै, अब लगानीकर्ताले माग गरे बमोजिमको समन्वय समिति गठन गरिने भएको छ। अध्यक्ष हमालले आफ्नो हातले लगानीकर्ता तिलक कोइरालालाई जुस खुवाएर आमरण अनसनको औपचारिक अन्त्य गर्नुभएको छ।

कोइराला शेयर बजारमा लागु गर्नुपर्ने र लागु गर्ने भनि उपेक्षा गरिएका विषयलाई समेट्दै १९ बुदे माग सहित असार ०१ गते देखि अनसनरत थिए।

Facebook Comments

comments