धुर्मुस–सुन्तलीको कस्तो परिबन्ध किन उठ्यो सम्पत्ति जफत गर्ने माग

0
166

सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’भित्र पलाएको महत्वकांक्षाले हजारौँ सर्वसाधारणले दिएको करोडौँ रुपियाँ बराबरको चन्दाको रकम डुबेको छ । कलाकार भएर कलाको पूजा गर्नुपर्ने ‘धुर्मुस–सुन्तली’ले समाज सेवाका नाममा ठगी धन्दा चलाए भनेर सामाजिक सन्जाल मा प्रस्न उठन थालेको छ । उनीहरूको ठगी धन्दाको छानविन गरेर कारबाही गर्नुपर्छ भन्ने आवाज आउन लागेको छ ।

सिन्धुपाल्चोकमा एकीकृत नमुना बस्ती बनायर कलाकारीता छोडेर सामाजिक सेवामा लागेका धुर्मुस सुन्तलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने नाममा करोडौँ रकम चन्दा उठाएका छन् । चन्दाको ठगी धन्दापछि रंगशालाको स्वामित्व लिनुपर्ने भन्दै धुर्मुस–सुन्तलीले भरतपुर महानगरपालिकासँग आग्रह गरेपछि हजारौँ सर्वसाधारणसँग उठाएको रकम फिर्ता गर्न पनि माग उठेको छ । अहिले सामाजिक संजालमा विभिन्न आर्कोस उठेपछि यस्ता यस्ता प्रस्न उठ्न थालेका छन ।

व्यक्तिगत चाहना पूरा गर्न उनीहरूले उठाएको चन्दाको हिसाव किताव सार्वजनिक गर्नुपर्छ । उनीहरूले रंगशालाका नाममा उठाएको रकम र खर्च विवरणको अडिट गरेर अडिट रिपोर्ट सार्वजनिक गर्नुपर्छ । रकम हिनामिना भएको रहेछ भने ‘धुर्मुस–सुन्तली’लाई पाता कसेर कानूनअनुसार दण्ड सजाय दिनुपर्छ ।

‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले अरु कति पैसा संकलन गरेको छ सबै जानकारी दिनुपर्छ । ठूलो रंगशाला बनाउने मोहमा धुर्मुस–सुन्तलीले फाउन्डेसनलाई अगाडि ल्याएर चन्दा संकलन गर्न थाले । उनीहरूले चन्दा संकलन कति गरे खोल्नुपर्छ । फेसबुकमा लेखेको भरमा ‘धुर्मुस–सुन्तली’लाई उन्मुक्ति दिनु हुँदैन ।

भरतपुरको रामपुरमा रहेको कृषि विश्वविद्यालयको जमिनमाथि ‘धुर्मुस–सुन्तली’ले ठूलो खेलवाड गरेका छन् । भरतपुरकी मेयर रेणु दाहालले विश्वविद्यालयको जमिन हडप्न पाउँदा निकै गर्वका अभिव्यक्तिसमेत दिएकी थिइन् । मेयर दाहालले रंगशालाका नाममा चितवनमा मच्चाएको आतंकको हिसाव–किताव दिनुपर्छ । सामाजिक संजाल बाट संकलन गरीयका status र कमेन्ट को आधारमा संकलन गरीयको )

Facebook Comments

comments