धुर्मुस-सुन्तलीको १३ औं विवाह वर्षगाँठमा ‘मायाले जीवन सजाऊ’ सार्वजनिक

0
161

धुर्मुस-सुन्तलीको १३ औं विवाह वर्षगाँठमा ‘मायाले जीवन सजाऊ’ गीतको भिडियो युट्युबबाट सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा धुर्मुस र सुन्तली रोमान्टिक मुद्रामा देखिएका छन् । गीतमा उनीहरुले जीवनमा भोगेका आरोह–अवरोहका साथै एक अर्कामाथिको विश्वासको कथा भनिएको छ । गीतमा कुमार कट्टेल र अस्मिता अधिकारीको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो गीतको भिडियोमा बन्देप्रसादको सम्पादन र मानकृष्ण महर्जनको छायांकन छ ।

गीतमा मायाले जीवन सजाउन धुर्मुस र सुन्तलीले एकअर्कालाई आग्रह गरेका छन् । नेपाली कलाकारिता क्षेत्रमा लागेपछि धुर्मुस र सुन्तली एकअर्काको प्रेममा परेका थिए । प्रेममा परेको केही वर्षपछि उनीहरुले विवाह गरेका थिए । पछिल्लो समय यो जोडी कलाकारिताभन्दा पनि सामाजिक सेवामा सक्रिय छ ।

Facebook Comments

comments