नमस्ते ग्यासको पुरानो सिलिण्डर विस्फोट हुँदा एक घर ध्वस्त

0
239
मलेखु – धादिङमा पुरानो ग्यास सिलिण्डर ग्यास प्रयोग गर्न खोज्दा विस्फोट भइ एक घर जलेर पूर्णरुपमा क्षति भएको छ। गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा बाबुराम तिमल्सिनाले बजारबाट किनेर लगेको नमस्ते ग्यासको सिलिण्डर घरभित्र पुर्‍याएपछि विस्फोट भएपछि घर जलेर ध्वस्त भएको वडासदस्य विन्दा अधिकारीले बताइन्।
ग्यास उद्योगले बजारमा ल्याएको पुरानो सिलिण्डर किनेर लगेलगत्तै विस्फोट भएकाले क्षतिपूर्ति उपलब्ध गराउन घरधनी तिमल्सिनाले माग गरेका छन्। मानिस घर बाहिर भएकाबेला विस्फोट भएकाले मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडा तथा साबै सामग्री नष्ट भएको वडाध्यक्ष प्रेम तामाङले बताए। गाउँमा हालै लगिएका सबै ग्यास सिलिण्डर जाँच गर्न र पुराना सिलिण्डर फिर्ताका लागि आह्वान गर्न लागिएको तामाङको भनाइ छ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here