नायिका नीता ढुंगानालाई ७ प्रश्नः घरमा एक्लै हुँदा के गर्न मनपर्छ?

0
243

बाल कलाकारका रूपमा १३ वर्ष टेलिफिल्ममा काम गरेकी नायिका नीता ढुंगाना पछिल्लो समय चलचित्र क्षेत्रमा व्यस्त छिन्।

९ वर्षको उमेरमा ‘मितिनी’ फिल्ममार्फत सिने क्षेत्रमा पाइला टेकेकी उनी ‘चाँडै आऊ’ सिनेमामा नवनायिकाका रूपमा उदाइन्।

त्यसपछि उनले आफ्नो कामलाई निरन्तरता दिइरहेकी छन्। हाल नीता चलचित्र ‘साइनो’ मा व्यस्त छिन्। उनलाई नेपालखबरका लागि कृष्ण आचार्यले ७ प्रश्न गरेका छन्ः

१.अचेल के काममा व्यस्त हुनुहुन्छ?
डेढ हप्ता भयो केही काम गरेकी छैन। अब भने फिल्म सुटिङका लागि भारतको मुम्बई जाँदै छु।

Image may contain: 1 person, smiling, standing

२.फिल्मबाहेक तपाईं कुन कुरामा बढी रमाउनुहुन्छ?
साथीभाइहरूसँग बस्न, घुम्न मनपर्छ। मलाई सबैभन्दा मनपर्ने ठाउँ पोखरा हो। प्रायः म त्यहाँ गइरहन्छु। पोखरा सुन्दर, शान्त र मनोरम सहर हो। ‘ह्याङ आउट’का लागि डाँडाकाँडादेखि क्लबसम्मको सुविधा छ।

३. जीवनको एउटा अविस्मरणीय क्षण भन्नुपर्यो भने कुन हो र किन?
यस्ता क्षणहरु धेरै छन्। त्यसमध्ये पनि अमेरिकामा सम्पन्न ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’ मा फिल्म ‘पञ्चायत’मा गरेको अभिनयका कारण ‘उत्कृष्ट अभिनेत्री’ को पुरस्कार जित्न सफल भएको क्षण विशेष लाग्छ। सामान्य परिवारमा हुर्किएर, फिल्म खेल्न पाउँदा र यसरी पुरस्कृत हुँदा मलाई निकै खुसी लाग्छ। थप केही गर्ने हौसला प्राप्त हुन्छ।

४. घरमा एक्लै हुँदा के गर्न मनपर्छ?
मेरो भाइ छ, उसँग खेल्न मन पराउँछु। कहिलेकाहिँ फिल्म पनि हेर्छु। मेरो कोठा निकै भद्रगोल हुन्छ। सामानहरू यता–उता गर्यो बस्यो, यस्तै हो।

Image may contain: one or more people, sunglasses and closeup

५. आफ्नो प्रेमी वा श्रीमान्बारे कुनै धारणा बनाउनु भएको छ? यस्तो भइदिए हुन्थ्यो भन्ने?
म अहिले आफ्नो करियरमै फोकस छु। तर, भविष्यमा मेरो विवाह हुँदा श्रीमान् र उसको परिवारले मेरो काम र क्षेत्र बुझिदिए हुन्थ्यो भन्ने लाग्छ। सबैभन्दा महत्वपूर्ण कुरा आपसी समझदारी र विश्वास हो। सम्बन्धमा त्यो कायम हुन सक्नुपर्छ।

६. जीवनमा कत्तिको रुनुहुन्छ? रुँदा आनन्द आउँछ कि हास्दा?
धेरै रुन्छु। दुई/तीन वर्षअघि त सा-सानो कुरामा पनि रुन्थें। मन दुख्यो कि आँखाबाट आँसु आइहाल्छ।
कहिलेकाहीं त खुसीमा पनि रुन मन लाग्छ। बुबा कहिले कता कहिले कता गइरहनुहुन्छ। कहिलेकाहीं एक्लो फिल हुन्छ। मेरो १० वर्षको भाइ छ। एकदिन उसले ‘नानी तिमी खाना खाएर सुत है’ भनेको बेला आँखामा आँसु नै आयो। आफ्नाले केयर गरिदिँदा पनि यसरी खुसी मिल्दो रहेछ। यदि खुसीको पल छ भने रुँदा पनि आनन्द आउँछ। तर, दुःखमा हो भने त रुँदा त्यति आनन्द आउँदैन। त्योभन्दा हाँस्दा नै आनन्द आउँछ।

Image may contain: 1 person, smiling, standing, tree, outdoor and nature

७. मनपर्ने र नपर्ने आफ्नै बानी भन्नुपर्दा?
म सबैलाई समान व्यवहार गर्छु। सबैप्रति सकारात्मक सोच राख्छु। यो मेरो आफैलाई मनपर्ने आफ्नो बानी हो।
मन नपर्ने भनेको अरूलाई चाँडै विश्वास गर्नु हो। यसरी कसैलाई विश्वास गरिदिँदा धेरैपटक धोका पाएको छु। साथीभाइ होस् वा जीवनको गोरेटोमा जोडिन आउनेहरूबाट विश्वासघात भएको छ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here