निजी लगानीको सबैभन्दा ठूलो जलविद्युतको आईपीओ शेयर आउँदै

0
469

चैत्र २६ । निजी लगानीको सबैभन्दा ठूलो जलविद्युत आयोजना सोलुु दुधकोशी जलविद्युत आयोजनाले आईपीओ शेयर जारी गर्ने भएको छ । ८६ मेगावाट क्षमताको सो जलविद्युतको आयोजना निर्माणकर्ता कम्पनी साहस उर्जा लिमिटेडको वार्षिक साधारणसभाले आईपीओ जारी गर्ने निर्णय गरेको हो ।

कुल लागत ११ अर्ब ८६ करोड लागत रहेको सो जलविद्युतले ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । ६० प्रतिशत संस्थापक शेयर र बाँकी साधारण शेयर रहनेछ । जसमा साधारण शेयरको १० प्रतिशत प्रभावित क्षेत्रका स्थानीयले पाउनेछन् भने २० प्रतिशत शेयर सर्वसाधारणलाई प्रदान गरिनेछ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here