
निर्मला पन्त हत्या प्रकरणमा एक जना भारतीय पक्राउ परेका छन् र प्रहरीले तिनको पनि डिएनए टेष्ट गरेको छ।
निर्मलाको हत्यारा पत्ता लगाउन सबैभन्दा बढी प्रहरीका अनुसन्धान टोली सुदूरपश्चिममा सक्रिय भए । एकपछि अर्को गर्दै तीन वर्षसम्म निरन्तर प्रहरीका अनुसन्धान टोली खटिएका छन् ।
अहिले पनि कञ्चनपुरमा घटना अनुसन्धानका लागि प्रहरीका तीनवटा टोली सक्रिय छन् । कञ्चनपुर प्रहरी कार्यालयका प्रवक्ता न्यौपानेले डिएसपीको नेतृत्वमा रहेको केन्द्रीय अनुसन्धान ब्युरोको टोली, प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले अलअलग अनुसन्धान गरिरहेको बताए । सबै कोणबाट अनुसन्धान भइरहेको उनले बताए ।
निर्मला हत्यामा अहिलेसम्म एक हजारभन्दा बढी मानिसलाई सोधपुछ गरिएको उनको भनाइ छ । ‘६ सयजनालाई त लिखित कागजात बनाएरै सोधपुछ गरिएको छ,’ उनले भने, ‘यसैगरी करिब एक सयजनाको डिएनए परीक्षण भएको छ ।’