निर्वाचन आयुक्तकी बुहारी पनि सांसद

0
382

काठमाडौं १५ पुस । प्रमुख निर्बाचन आयुक्त अयोधी प्रसाद यादबकी बुहारी प्रमिला कुमारी यादव समानुपातिक सदस्यमा छानिएकी छिन् । प्रमिला कुमारी यादव नेकपा माओवादी केन्द्रको कोटाबाट प्रदेश नम्बर २ को प्रदेशसभाको समानुपातिक सदस्यमा निर्बाचित हुन सफल भएकी हुन । प्रमुख आयुक्त डा. यादबका छोरा अशोक यादबकी श्रीमती प्रमिलालाई माओवादी केन्द्रले प्रदेश नम्बर २ को प्रदेशसभा सदस्य चयन गरी निर्बाचन आयोगलाई विवरण बुझाएको हो ।

पार्टीका शीर्ष नेता र प्रदेश इन्चार्जहरुको संयुक्त बैठकले प्रमिलालाई समानुपातिकतर्फ विजयी उम्मेदवार बनाएको हो । प्रमुख आयुक्त डा. यादवले भने छोराबुहारी छुट्टिएर बसेकाले उनीहरु स्वतन्त्र भएको स्पष्टीकरण दिंदै आएका छन् । प्रदेश नम्बर २ का लागि माओवादी कोटाबाट सिफारिस भएका ५ जनामध्ये प्रमीलालाई चौथो स्थानमा राखेर विजयी उम्मेदवार बनाएको हो ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here