निर्वाचन परिणामबारे ओली र प्रचण्डले पत्रकार सम्मेलन गर्ने

0
242

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि दुवै दलले पहिलो पटक संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन्। नयाँ सरकार गठनको ढिलाईका विषयमा वाम गठबन्धनले पत्रकार सम्मेलनमा आधिकारिक धारणा सार्वजनिक गर्न लागेको हो।

दुवै दलले राष्ट्रिय सभा विधेयकमा अवरोध खडा गरेर कांग्रेसले सत्ता लम्ब्याउन खोजेको आरोप लगाइरहेका छन्। पत्रकार सम्मेलन होटल अन्नपूर्णमा ३ बजेका लागि राखिएको छ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here