नेइमारको जर्सी चोरी भयो

0
265

मंसिर २९ – पेरिस सेन्ट–जर्मेन (पिएसजी) का प्रशिक्षक युनाइ एम्रीको घरमा चोरी भएको छ । पेरिसमा रहेको पिएसजी प्रशिक्षकको घरमा स्थानीय समय अनुसार बिहीबार बिहान चोरी भएको हो ।

चोरले पिएसजीका स्टार स्ट्राइकर नेइमारका केही जर्सी पनि लगेका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार एम्रीको घरबाट २० हजार युरो बराबरको सामान चोरी भएको छ ।चोरले नेइमारको जर्सीसँगै रोलेक्स घटी, गहना, डिजाइनर कपडा, दुईवटा च्यानल ब्यागसहितका सामान पनि लगेको एम्रीले बताएका छन् । पेरिसको सिक्सटिनथ् डिस्ट्रिकमा रहेको एम्रीको घरमा भएको चोरीका बारेमा अनुसन्धान भइरहेको र चोरको खोजी भइरहेको प्रहरीले जनाएको छ । चोरी भएका बेला घरको ढोका बन्द रहेको तर चाबी भने लगाइएको थिएन ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here