नेइमारको पिएसजीको लगातार तेश्रो हार, अग्रता जोगाउन नसक्दा मोन्टपिलरसँग ३-२ ले पराजित

0
194

पेरिस सेन्ट जर्मेन(पिएसजी)ले जारी फ्रेन्च लिगमा लगातार तेश्रो हार बेहोरेको छ।

मंगलबार राति भएको खेलमा मोन्टपिलरसँग अवे मैदानमा ३-२ ले हारेपछि उसको लगातार हारको संख्या ३ भएको हो।  लिगको उपाधि पक्का गरिसकेको भएपनि पिएसजीको सन् २०१० यता अवे खेलमा लगातार  तेश्रोपटक हारेको हो।

यस खेलमा पिएसजीले पहिले अग्रता लिएको थियो। उसलाई सो अग्रता आत्मघाती गोलबाट खेलको १२ औं मिनेटमा मिलेको थियो। सो आत्मघाती गोल मोन्टपिलरका ओयङ्गोले गरेका थिए।

सो अग्रताको बराबरी पनि किम्पेमबेको आत्मघाती गोलमा भयो।

Montpellier beat Paris St-Germain

यसरी पहिलोहाफमा १-१ को बराबरी भएको खेलमा  ६२ औँ मिनेटमा एन्जल डी मासिरयाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । तर ८० औँ मिनेटमा डेलोर्ट र ८५ औँ मिनेटमा कामाराले गोल गरेपछि मोन्टपिलर ३-२ ले विजयी भयो ।

गत हप्ता मोनाकोलाई पराजित गरेर पिएसजीले लिग वानको उपाधि पक्का गरिसकेको छ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here