काठमाडौं, ३० पुस । नेको इन्स्योरेन्स कम्पनीले १०० रुपैयाँ अंकित दरमा ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले लगानीकर्तालाई ५० प्रतिशत हकप्रद शेयर दिने भएको हो ।
उक्त हकप्रद शेयरको लागि माघ ९ गते शेयरधनी पुस्तिका बन्द हुने भएकाले माघ ८ गतेसम्म शेयर सुरक्षित गर्ने लगानीकर्ताले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।