काठमाडौँ – थाइल्याण्डमा भईरहेको एसिसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ ।
उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा विकेट गुमाएर ३५० रन बनायो । जवाफी ब्याटिङमा उत्रेको म्यानमार ११.३ ओभरमा मात्र १३ रनमा समेटियो । जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।