नेपाली बाजेले गर्यो अपांगलाई सहयोग

0
325

गैँडाकोट १६ पुष । सामाजीक सञ्जाल फेसबुकमा नेपाली बाजे नामक ग्रुपमा सक्रिय नवलपुरका युवाहरुले अपांग भएका व्यक्तीहरुलाई सहयोग गरेका छन् ।

युवाहरुले शनिवार नवलपुरको गैँडाकोटमा रहेको अपांग जीवन विकास संस्थालाई २० हजार बराबरको खाद्य बस्तु तथा १५ हजार बराबरको लत्ताकपडा सहयोग गरेका हुन् । फेसबुकमा ट्रोल बनाउन निर्माण भएको नेपाली बाजे समुहको नामबाट सामाजीक संस्था नै गठन गरी मानवियताको अभियान थालेको ग्रुपका एड्मिन तथा नेपाली बाजेका अध्यक्ष दिवस सापकोटाले बताउनुभयो ।

विभिन्न जिल्लाका २१ जना अनाथ तथा अपांगहरु आश्रित अपांग जीवन विकास संस्थाले विभिन्न व्यक्ती र समुहको सहयोगबाट नै काम गरीरहेको संस्थाका अध्यक्ष बालकृष्ण सापकोटाले बताउनुभयो । गत बैशाख महिनाबाट अपांगहरुलाई आश्रय दिने हेतुले सञ्चालित संस्थामा नवलपरासी, रुपन्देही, कपिलवस्तु, चितवन, पर्वत लगायत जिल्लाका अशक्त बालबालिका र वृद्ध महिला युवाहरु आश्रित छन् । नेपाली बाजे समुहका अध्यक्ष दिवस सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा ग्रुपका सदस्य अजय पौडेलले सहजीकरण गर्नुभएको थियो ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here