नेपाली शान्ति सेनाको प्रशंसा

0
550

काठमाडौँ । द्वन्द्वग्रस्त अफ्रिकी मुलुक दक्षिणी सुडानको येइ नगरका बासिन्दाले नेपाल र इथियोपियाका शान्ति सैन्यले बितेका महिनामा शान्ति सुव्यवस्था कायम गरेकामा प्रशंसा गरेका छन् ।

येइ आधार इलाकाबाट खटिएका राष्ट्र संघका शान्ति सेनाका कारण केही महिनायता नगर क्षेत्रमा तुलनात्मक रुपमा शान्तिसुरक्षाको अवस्था सुदृढ भएको अनुभूति उक्त नगरका बासिन्दाले प्रकट गरेको राष्ट्रसंघीय सूचना केन्द्रले आज जनाएको छ।

गत पुसदेखि येइ क्षेत्रमा राष्ट्रसंघीय शान्ति सेनाले शिविर स्थापना गरी कार्यक्षेत्रमा नियमित गस्तीलगायत सुरक्षा सतर्कताका उपाय प्रभावकारी तुल्याउँदै आएको छ । रासस

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here