नेपाली सेनाले माग्यो १५० अधिकृत (क्याडेट)

घरमै बसेर अनलाईनबाट फर्म भर्नुहोस

0
790

काठमाडौँ: नेपाली सेनाले एकैपटक १५० अधिकृत (क्याडेट) को पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। १८ वर्ष पूरा भई २१ वर्ष ननाघेका न्युनतम प्रमाणपत्र तह उतीर्ण गरेकाले आवेदन दिन सक्नेछन्।

खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ। विज्ञापन अनुसार खुलातर्फ ८३ जनाको कोटा निर्धारण गरिएको छ। यस्तै समावेशीतर्फ महिला १३, आदिवासी जनजाति २२, मधेशी १९, दलित १० र पिछडिएको क्षेत्रमा ३ जनाको कोटा निर्धारण गरिएको छ।

पुस ४ गतेदेखि माघ ३ गतेसम्म दरखास्त दिन सकिनेछ। अनलाईनबाट फर्म भरेर प्राप्त प्रिन्टकपी जंगी अड्डा भद्रकाली सहित सबैै पृतनाहरुमा दरखास्त दिन सकिनेछ । दोब्बर दस्तुरमा माघ १० गतेसम्म दरखास्त दिन सकिनेछ ।

अनलाईन फर्म भर्नुहोस ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here