काठमाडौं, २४ फागुन । पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष रञ्जित गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन २५ र २६ गते नेपाल बन्द भनेर समाजमा आतंक फैलाएको गुनासो आएका कारण उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई न्यूरोडबाट पक्राउ गरेको हो ।