नेपाल र युएई भिड्दै

0
236

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ। आबुधावीको शेख जायेद रंगशालामा नेपाली समयअनुसार खेल आज सवा ११ बजेदेखि सुरू हुनेछ।

झन्डै साढे ३ वर्षपछि नेपाल र युएईबीच एकदिवसीय खेलमा प्रतिस्पर्धा हुन लागेको हो। पछिल्लो पटक नेपाल र युएईबीच मे २०१४ मा एसिसि प्रिमियर लिगमा प्रतिस्पर्धा गरेका थिए। उक्त खेलमा नेपालले युएईलाई ४ विकेटले हराएको थियो। त्यसपछि जनवरी २०१४ मा भएको आइसिसी विश्वकप छनोटको खेलमा युएईले नेपाललाई १ सय २ रनको फराकिलो अन्तरले हराएको थियो।

डब्लुसिएलको अन्तिम चारमा पर्न नसकेर नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन्।

नेपालले युएईसँग प्रतिस्पर्धा गर्नुअघि दुई अभ्यास खेल खेलेको थियो। अमेरिकासँगको पहिलो अभ्यास खेलमा ५ विकेटले पराजित नेपालले दोस्रो अभ्यास खेलमा केन्यालाई ६ विकेटले हराएको थियो।

करिब एक महिनाको प्रशिक्षण पछि युएई पुगेको नेपाली टिमको यो लिगको अन्त्य सुखद गर्ने लक्ष्यमा रहेको छ। नेपाली कप्तान पारस खड्काले युएई विरुद्धको खेललाई डिभिजन–२ को तयारीका रुपमा लिएको बताएका छन्। उनले युएईसँगको खेललाई डिभिजन–२ को तयारीका रुपमा लिएको भन्दै नेपाली टिम राम्रो बाटोमा रहेको तथा नेपालको पक्षमा नजिता बिस्तारै आउने समेत बताएका छन्।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here