पहिलो अन्तर्राष्ट्रिय ह्विल चेयर क्रिकेट उपाधि नेपालले जितेको छ। त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा बंगलादेशलाई ५४ रनले हराउँदै नेपालले जित हासिल गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन बनायो। नेपालका लागि दिगम चेम्जोङले अविजित ७९ रनको योगदान दिए। ६२ बल खेलेका उनले १० चौका प्रहार गरेका थिए। यस्तै नवीन राईले ५९ रन बनाए। ५२ बल खेलेका उनले ८ चौका प्रहार गरे। जंगबहादुर थापा ४ रनमा एलबिडब्लुको धरापमा परे भने विपिन पौडेल १ रनमा अविजित रहे। आजको खेलमा म्यान अफ द म्याच दिगम चेम्जोङ भए।
ह्विलचियर क्रिकेट संघको आयोजनामा भएको त्रिकोणात्क टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली टिमको कप्तानी हिमाल आर्यालले निभाएका छन्।