पराजित भए चर्चित नेताहरु

0
495

मंसिर २३। पछिल्लो परिणामअनुसार मोरङ १ मा एमालेका घनश्याम खतिवडा ३७,५२४ मतसहित विजयी हुँदा कांग्रेसका डिकबहादुर लिम्बुले ३१,४३६ मत पाएर पराजित भएका हुन ।

बाग्लुङ १ मा एमालेका सूर्य पाठक ३३६५७ मतसहित विजयी हुँदा कांग्रेसकी चम्पादेवी खड्काको २०६०० मत ल्याएर पराजित भइन । बाग्लुङ २ मा माओवादी केन्द्रका देवेन्द्र पौडेल २८८२७ मतसहित विजयी हुँदा कांग्रेसका निरज पुन १९९०५ मत पाएर पराजित भए ।

सिन्धुपाल्चोक २ मा एमालेका शेरबहादुर तामाङ ३८४०१ मत ल्याएर विजयी हुँदा राप्रपा प्रजातान्त्रिकका पशुपतिशमशेर राणाले ३०३६९ मत पाए ।

ओखलढुंगामा एमालेका यज्ञराज सुनुवार ३२ हजार ५८० मतसहित विजयी हुँदा कांग्रेसका रामहरि खतिवडाले २७,३२७ मत ल्याउर पराजित भए । काठमाडौं ८ मा एमालेका जीवनराम श्रेष्ठ विजयी भएका छन । काठमाडौं ३ बाट एमालेका कृष्ण राईले १९ हजार १६९ मत ल्याएर विजयी भए ।

कांग्रेसका शेखर कोइरालालाई पराजित गर्दै मोरङ ६ मा एमालेका लालबाबु पण्डित ३३९४१ मत ल्याई विजयी भए । मोरङ क्षेत्र नम्बर ३ मा एमालेका भानुभक्त ढकाल ४२ हजार ४१३ मतसहित विजयी भए । कांग्रेसका सुनील शर्मा ४० हजार ५ सय मत ल्याई पराजित भए । रसुवामा कांग्रेसका मोहन आचार्य ११४५३ मत ल्याई विजयी भएका छन ।

धादिङ प्रदेश २ क मा एमालेका रामकुमार अधिकारी विजयी भए भने धादिङ प्रदेश १ क मा एमालेका राजेन्द्र पाण्डे विजयी भए । धादिङ प्रदेश ख मा माओवादीका शालिकराम जम्मकट्टेल विजयी भएका छन । पश्चिम रुकुममा माओवादी केन्द्रका जनार्दन शर्मा ३४ हजार ४०२ मतसहित विजयी भएका छन । डोल्पाबाट प्रतिनिधि सभा सदस्यमा एमालेका धनबहादुर बुढा ११७६१ मतसहित विजयी भएका छन ।

यस्तै बाजुराबाट प्रतिनिधि सभा सदस्यमा एमालेका लालबहादुर थापा २८०६५ मतसहित विजयी भएका छन । यस्तै म्याग्दीमा प्रतिनिधिसभा सदस्यमा एमालेका भुपेन्द्रबहादुर थापा २२,१७० मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खम्बीर गर्बुजाले २०,०५३ मत पाए ।

मुगुमा प्रतिनिधि सभा सदस्यमा एमालेका गोपालबहादुर बम विजयी भएका छन । हुम्लाको प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ८,४९१ मत प्राप्त गरी विजयी भएका छन । बझाङको प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका भैरवबहादुर सिंह २८,८८१ मत ल्याएर विजयी भएका छन । यसैगरी रुकुम पूर्वको प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छिन । त्यसैगरी मनाङमा पनि प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पाल्देन छोपाङ गुरुङ निर्वाचित भएका छन ।

त्यसैगरी प्रतिनिधिसभा सदस्यमा मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन निर्वाचित भएका छन । तुलाचनले ३,५४४ मत ल्याएर निर्वाचित भएका हुन ।

पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here