पर्वतीय चलचित्र महोत्सव पुस ६ देखि

0
878

१ पुस, पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव पुसको पहिलो हप्ता पोखरामा हुने भएको छ । पोखरा फिल्म सोसाइटीको आयोजनामा पुष ६ गतेदेखि ८ गतेसम्म पोखरा सभागृहमा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवको तेश्रो संस्करण हुन लागेको हो ।

३ दिनसम्म चल्ने महोत्सवमा स्वदेशी तथा विदेशी गरी ४३ वटा चलचित्र प्रर्दशन गरिने महोत्वसका संयोजक सरोज सापकोटाले जानकारी दिए । उनका अनुसार १ सयभन्दा बढी देशका ९ सय चलचित्रहरूले सहभागिताका लागि आवेदन दिएका थिए । ती चलचित्रबाट २५ नेपाली र १८ विदेशी गरी ४३ वटा चलचित्र प्रदर्शनका लागि छनौट गरिएको पोखरा फिल्म सोसाइटीका उपाध्यक्ष जितेश प्रधानले बताए ।

 

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here