पार्टी सुधारका लागि सभापतिलाई दबाब दिन्छु : प्रकाशमान सिंह

0
236

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई सुधारको खाँचो रहेको बताएका छन्।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं १० ले आज  आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा नेता सिंहले निर्वाचनमा कांग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब पार्टीमा सुधारको खाँचो रहेको बताए।

‘कांग्रेसका शुभेच्छुक र कार्यकर्ताले पार्टीलाई सुधारको आवश्यकता छ भनेर मलाई सुझाव दिइरहेका छन्, पार्टी सुधारका लागि सभापतिलाई दबाब दिन्छु’, नेता सिंहले भने।

पार्टीका पूर्व महामन्त्रीसमेत रहेका  नेता सिंहले विधानअनुसार चल्न नसक्दा पार्टीले कमजोर नतिजा ल्याएको बताए। ‘समानुपातिकमा प्राप्त मतले पनि कांग्रेसप्रतिको जनताको मोह घटेको छैन’, उनले भने।

कांग्रेसले आफ्नो सरकारका पालामा गरेका राम्रा कामलाई प्रचारप्रसार गर्न नसक्दा कमजोर नतिजा आएको उनको भनाइ थियो। उनले विकासप्रति जनताले नेताको मुखमात्र ताक्नुभन्दा पनि नेताहरूलाई दबाब दिनुपर्ने बताए।

रासस

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here