काठमाडौं: ‘योङ स्टार डान्स कम्पिटिसन’ को राजधानीमा चार अडिसन सम्पन्न भएको छ। बालबालिका केन्द्रित रियालिटी सो बारे आयोजक संस्थाकी अध्यक्ष प्रमिला तामाङले जानकारी दिएकी हुन्।
कार्यक्रम बारे प्रमिलाले भनिन्, ‘नेपालमा हामीले गर्व गर्न लायकको डान्स कम्पिटिसन आयोजना भएका छैनन्। प्रायः ब्यानर टाँसेर प्रतियोगिताहरु आयोजना हुँदै आइरहेका छन्। ‘योङ स्टार डान्स कम्पिटिसन’ का लागि हामीले स्तरिय स्टेज प्रयोग गरेका छौं।’ सेट र एक एपिसोड छायांकनको लागि मात्र पनि लाखौं खर्च हुने उनको दाबी छ।
विभिन्न जिल्लाका बाल–बालिकाहरु सहभागी रहेको यो डान्सिङ रियालिटी सो टिभीमा पुस पहिलो साताबाट प्रशारण हुने बताइएको छ।