पुस मसान्तको प्रभाव बजारमा, नेप्से दोहोरो अंकले ओर्लियो

0
530

२६ पुस, काठमाडौं । पुस महिनाको अन्तिम कारोबार भएकोले मसान्त प्रभाव बजारमा देखिएको छ ।

 

नेप्से करिब १६ अंकले घटेको छ । सुचक १४४० मा सिमित भएको छ । बुधवार एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयरमा सक्रिट ब्रेक लागेको छ । कम्पनीको सेयर १० प्रतिशतले घटेको हो । कम्पनीले संस्थापक सेयर र साधारण सेयर अनुपात ५१/४९ बनाउनुपर्ने भएको छ ।

यसअघि साधारण सेयर मात्र रहेको कम्पनीले ६ सय प्रतिशत हकप्रदको प्रस्ताव गरेको थियो । अनुपात मिलाउन प्रस्तावित हकप्रद घटाउनु पर्ने भएपछि कम्पनीको सेयर कारोबार उच्चले घटेको हो ।

कम्पनीको सेयरमा सक्रिट ब्रेक लागेपनि कारोबार सुचारु गर्न सम्भव हुन्छ, मूल्य ९ प्रतिशतले घटेर कारोबार गर्न सकिने अवस्था रहेपनि त्यो दरमा खरिद कर्ता देखिएनन । लगानीकर्ताहरु अझै घट्दा मात्रै कम्पनीको सेयर किन्ने मनस्थितीमा रहेको देखिन्छ । कारोबारको सुरुमै एभरेष्ट इन्स्योरेन्सको मूल्य घटेपछि समग्र बीमा समूहको सूचक बढ्न सकेन ।

बुधवार कारोबारमा आएका सबै सूचक घटेको छ । कारोबार रकम पनि घटेर ३७ करोडमा सिमित भएको छ । रकमको आधारमा नेपाल लाइफ, एभरेष्ट बैंक, सानिमामाई हाइड्रोको सेयर कारोबार धेरै भएको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here