पूर्वी जेरुसलेमलाई प्यालेस्टाइनको राजधानीका रुपमा मान्यता दिन आह्वान

0
277

मंसिर २८, २०७४ इस्लामिक मुलुकहरुको संगठन, ओआइसीको बैठकले इजरेलको अधीनमा रहेको पूर्वी जेरुसलेमलाई प्यालेस्टाइनको राजधानीका रुपमा मान्यता दिन आह्वान गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसलेमलाई इजरेलको राजधानीको मान्यता दिने निर्णय गरेपछि उत्पन्न तनावबीच टर्कीको इस्तानबुलमा बसेको आपतकालिन बैठकले जेरुसेलमलाई प्यालेष्टाईनको अंगकै रुपमा लिइनुपर्ने र पुर्वी जेरुसेलमलाई प्यालेष्टाईनको राजधानीको मान्यता दिईनुपर्ने माग गरेको हो ।

विश्वका ५७ मुस्लिम राष्ट्रका प्रतिनिधी सम्मिलत सो बैठकपछि जारी विज्ञप्तिमा ट्रम्पले नियतबस मध्यपूर्वमा शान्ति स्थापनाको प्रक्रियालाई कमजोर ठानेको र त्यसले आतंकवादलाई बढावा दिने उल्लेख छ ।  बैठकलाई सम्बोधन गर्दै प्यालेष्टेनी राष्ट्रपति मोहम्मद अब्बासले अमेरिकी निर्णयको विरोध गर्दै सो निर्णयले शान्ति वार्तामा सहजकर्ताको भूमिका निर्वाह गर्न नसक्ने बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघले शान्तिप्रक्रियाको नेतृत्व दिनुपर्ने धारणा राख्नुभएको थियो । बैठकमा उपस्थित अन्य मुलुकका प्रतिनिधीले अमेरिकाले डर र त्रास देखाएको आरोप लगाएका थिए ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here