पूर्व राष्ट्रपति फिडेलका छोराद्वारा आत्महत्या

0
453

हवाना । क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका कान्छो छोरा क्यास्ट्रो डायज बलार्टले आत्महत्या गरेको समाचार छ।

केही महिनादेखि विरामी उनी पछिल्लो समयमा ‘डिप्रेसन’ मा थिए। बिहीबार बिहान उनले आत्महत्या गरेको समाचार सार्वजनिक भएको छ।

क्युबाको राज्य परिषदको बैज्ञानिक समूहको सदस्यका रुपमा काम गरेका उनले बिहीबार बिहान आत्महत्या गरेको समाचार क्युबाको सरकारी वेभसाइटमा राखिएको छ।

उक्त वेभसाइटमा पूर्व राष्ट्रपति एवम् क्युबाका क्रान्तिकारी कम्युनिष्ट नेता फिडेल क्यास्ट्रोका छोरा र क्युबाको विज्ञान तथा प्रविधि प्रतिष्ठानको उपाध्यक्षका रुपमा समेत रहेर काम गरेका क्यास्ट्रो डायज बलार्टले बिहीबार आत्महत्या गरेको समाचार राखिएको छ।

उक्त वेभसाइटमा मृतक क्यास्ट्रो बलार्ट आफ्नो जीवनभर क्युबामा विज्ञान तथा प्रविधिको विकासमा लागेको बताइएको छ।

पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको सन् २०१६ को नोभेम्बरमा निधन भएको थियो। उनी क्युबाको एक क्रान्तिकारी कम्युनिष्ट नेताका रुपमा परिचित थिए। रासस/सिन्ह्वा

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here