हाल अमेरिकाको भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पेन्टागनमा महत्त्वपूर्ण भेटवार्ताहरू गरेका छन्।
अमेरिकासँगको एउटा प्रमुख सुरक्षा साझेदारी स्टेट पार्टनरसिप प्रोग्रामबाट पछि हट्ने निर्णय नेपाल सरकारले लिएको केही दिनपछि उनले अमेरिकाको भ्रमण थालेका थिए।
उक्त सम्झौतालाई लिएर नेपालमा चौतर्फी विरोध भएको थियो र सम्झौताबाट अलग हुने नेपालको निर्णयको चीनले स्वागत गरेको थियो।
भ्रमणका क्रममा भएका छलफलहरूबारे नखुलाइए पनि नेपाल र अमेरिकाबीचको सैन्य सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल गरेको अधिकारीहरूले जनाएका छन्।