पोखरा, विराटनगर, बुटवल र ललितपुरमा एनसेल मेला आयोजना हुने

0
574

काठमाडौं । एनसेल प्रा. लि.ले पोखरा, विराटनगर, बुटवल र ललितपुरमा पुस ८ देखि एनसेल मेला २०७४ को आयोजना गर्ने भएको छ । आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न एनसेलले देशको विभिन्न चार सहरहरुमा एनसेल मेला आयोजना गर्न लागेको जानकारी दिएको छ ।

मेलामा गेम्स् लगायत सबै मनोरञ्जनात्मक गतिविधीहरु फोरजी थिममा आधारित हुने र चर्चित गायक तथा सांगीतिक समुहहरुको प्रस्तुति रहने एनसेलले जनाएको छ । पुस ८ गते पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजार,१५ गते विराटनगरको हाटखोलामा, २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना हुनेछ । यी प्रत्येक शहरमा मेला बिहान ११ बजे शुरु हुनेछ र कन्सर्टसहित साँझ साढे ६ बजेसम्म चल्नेछ ।

मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । मेलामा प्रवेश निःशुल्क हुने एनसेलले जनाएको छ । बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘लिटल नेपाली आइडल’ कार्यक्रमको पनि आयोजना गरिने भएको छ ।

मेलाको अरु आकर्षणहरु पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरु हुनेछन् भने बालबालिकाहरुका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणहरु रहनेछन् । आगन्तुकहरुले मेलामा, देशको १९ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि थप जानकारी लिनुका साथै विषेश एनसेल फोरजी जोनमा फोरजी चलाएर टेष्ट पनि गर्न सक्ने एनसेलले जनाएको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here