प्रचण्डसामु नयाँ प्रस्ताव लिएर जाने एमालेकाे तयारी

0
498

काठमाडाैं, माघ २८ । एमालेले माओवादी केन्द्रसँगको वार्तालाई निर्णायक मोड दिन नयाँ मोडालिटी प्रस्ताव गर्ने भएको छ ।

अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरूले पार्टी एकतालाई छिटो टुंगोमा पुर्याउन एकीकृत पार्टीको नेतृत्वका विषयमा नयाँ मोडालिटी प्रस्ताव गर्ने निष्कर्ष निकालेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्ता लम्बिँदै जाँदा पनि ठोस आकार नलिएपछि एमाले अध्यक्ष ओलीले पार्टीका शीर्ष नेताहरूलाई बोलाएर शनिबार निजी निवास बालकोटमा चार घन्टा गम्भीर परामर्श गरेका थिए ।
छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीमबहादुर रावल र नेता सुवास नेम्वाङ मात्र सहभागी थिए । पछिल्लो वार्तामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार गठनअगावै एकीकृत पार्टीको नेतृत्व टुंगो लगाउनुपर्ने बताएपछि ओलीले शीर्ष नेताहरूसँग परामर्श गरेका हुन् ।

पार्टी एकतालाई सकेसम्म चाँडो, तर्कसम्मत, व्यावहारिक र सबैलाई चित्तबुझ्दो ढंगले अघि बढाउने मोडालिटी विकसित गर्नेबारेमा हामीले छलफल गर्यौँ,बैठकपछि वरिष्ठ नेता खनालले भने, अहिले ठ्याक्कै भन्ने स्थिति बनिसकेको छैन । तर, हामीले दिएका सुझाबका आधारमा वार्ता प्रक्रियालाई उचाइमा पुर्याउने जिम्मेवारी पार्टी अध्यक्षलाई दिइएको छ ।

प्रचण्डसँगको छलफलमा विभिन्न मोडालिटीमा छलफल हुँदै आए पनि कस्तो मोडालिटीका आधारमा वार्ता टुंग्याउने विषयमा भने खनालले प्रस्ट पारेनन् । – नयाँ पत्रिकाबाट

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here